ठाटीकाँधमा बाल विकास केन्द्रका शिक्षकलाई १ दिने तालिम

लोकपथ
21
Shares

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा प्रारम्भिक कक्षा पठन गणित सिप परीक्षण सम्बन्धी एक दिने अभिमुखीकरण सम्पन्न भएको छ ।

सोसेक नेपालद्वारा आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रका शिक्षकहरू सहभागी थिए । गाउँपालिका स्थित प्रारम्भिक तहका शिक्षकहरूका लागि प्रारम्भिक कक्षा पठन गणित सिप सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता

ठाटीकाँध गाउँपालिकामा एईआएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सोसेक नेपालमार्फत गुणस्तरीय शिक्षा अभिवृद्धि, स्वास्थ्य र जीविकोपार्जन सहयोग कार्यक्रम (सहकार्य) सञ्चालित छ । परियोजनाअन्तर्गत आयोजित अभिमुखीकरणमा ३३ वटा बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूको सहभागिता रहेको थियो । अभिमुखीकरणकोे सहजीकरण एलिजा तुलाधरले गरेको परियोजना संयोजक जीवराज रेग्मीले जानकारी दिए ।

गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नेत्र बहादुर थापाले विद्यालयको प्रारम्भिक कक्षामा अध्ययनरत बाल बालिकाको पठन सिप क्षमताको परीक्षण गरी सिप बढाउनका लागि यो कार्यक्रम प्रभावकारी हुने बताए ।

अभिमुखीकरणमा सहभागी शिक्षकहरूले उत्साहित भएका छन् । उनीहरूले विद्यालयमा गएर परीक्षण गरी नतिजा विश्लेषण गर्ने र त्यसकै आधारमा योजना बनाई क्षमता बढाउन प्रतिवद्धता समेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?