काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विनिमय दरअनुसार नेपालमा विदेशी मुद्राहरूको सटही दर स्थिर देखिएको छ ।
मंगलबारदेखि नै विदेशी मुद्रासँग नेपाली रूपैयाँको विनिमयदर स्थिर देखिन थालेको हो ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर २९ रुपैयाँ ७० पैसा र बिक्रीदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६० पैसा र बिक्रिदर ३० रुपैयाँ ७६ पैसा रहेको छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रिदर ३० रुपैयाँ ४९ पैसा कायम गरिएको छ ।
मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ १९ पैसा र बिक्रिदर २७ रुपैयाँ ३३ पैसा रहेको छ ।
कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रिदर १० रुपैयाँ १ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३ सय ६७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर ३ सय ६९ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
बहराइन दिनार एकको खरिददर २ सय ९५ रुपैयाँ ३८ पैसा र बिक्रिदर २ सय ९६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया