ब्राजिलका पूर्व अध्यक्ष जोसलाई ४ वर्षको जेल सजाय

ब्राजिल । भ्रष्टाचार गरेको आरोपमा ब्राजिलका पूर्व अध्यक्ष जोस मारीया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ । 

विश्व फुटबल महासंघको भ्रष्टाचारमा समावेश भएको भन्दै अमेरिकी अदालतले जोसलाई ४ वर्षको जेल सजाय सुनाएको हो ।

८६ वर्षे जोसलाई फिफाको विलियन डलर घोटालामा समावेश भएको भन्दै अमेरीकाको ब्रोकलिन जिल्ला अदालतले सजाय दिएको हो । 

उनीमाथि चार वर्ष जेलका साथै एक दशमलव दुई मिलियन अमेरीकी डलर जरिवाना पनि लगाएको छ । साथै, अदालतले ३ दशलमव ३४ मिलियन डलर चुक्ता गर्नुपर्ने समेत तोकेको छ । 

जोसले गत डिसेम्बर २२ मा फुटबलको नाममा अनियमितता गरेको र अनाधिकृत रुपमा सम्पती आर्जेको प्रमाणित गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?