काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी व्यवसायीलाई राज्यले प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास हुने बताएका छन् ।
बिहीबार पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघको आठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उद्योगी व्यवसायीलाई राज्यले प्रोत्साहन गरेपछि मात्र देशको आर्थिक विकास परिवर्तन हुनसक्ने धारणा राखेका हुन्
‘विकासका निम्ति चाहिने नीति नियम बनाउनुपर्छ त्यो आवश्यक छ । तर, उद्योगी व्यवासायीको मार्कालाई पनि बुझ्नुपर्छ’ उनले भने ।
राज्य नियन्त्रणकारी र दमनकारी भयो भने लक्ष्य पूरा नहुने भन्दै उनले जनताको चाहना र अपेक्षा ठूलो तर त्यो अनुसार राज्यले केही गर्न नसकेको बताए । यस विषयमा सरकारसँग छलफल गर्ने प्रचण्डले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया