राष्ट्र बैंकद्वारा ८० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको प्रस्ताव आव्हान

लोकपथ
63
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ८० करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले आज आईतबार पेन्सन तथा उपदान कोषमा रहेको रकम लगानीको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाइनान्स कम्पनीहरुसँग प्रस्ताव आव्हान गरेको हो ।

राष्ट्र बैंकका अनुसार तीन सय ६५ दिने मुद्धती निक्षेपकोरुपमा रहेको उक्त रकमको लगानी अवधि २०७९ असार २२ गतेदेखि २०८० असार २० गतेसम्मको लागि तोकिएको छ ।

यसरी राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि ६४ करोड, बिकास बैंकहरुको लागि १२ करोड र फाइनान्स कम्पनीहरुको लागि चार करोड रुपैयाँ छुट्याईएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही असार सात गते अपरान्ह चार बजेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको ब्याज समेत उल्लेख गरेर निवेदन दिनुपर्ने छ ।

लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका न्यूनतम सर्तहरु तोकिएको राष्ट्र बैंकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?