काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनः २५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने असार सात गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् भने बिक्री गरिने कुल ट्रेजरीहरु मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको पाँच अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको १० अर्ब र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने कुल २५ अर्ब ५३ करोड रुपैयाँ बराबरको ट्रेजरी मध्येमा पुरानो नविकरण अन्र्तगत २० अर्ब ५३ करोड र नयाँ पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ । यसअघि यही जेठ ३० गते राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया