एजेन्सी: अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले आफूले नेतृत्व गरेको न्याय विभाग राजनीतिक दबाबका आगाडि घँुडा नटेक्ने भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई थर्काएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो विभागको नियन्त्रणमा महान्यायाधिवक्ता सेसन्स नरहेको भन्दै बेइज्जत गर्ने खालको अभिव्यक्ति दिएपछि त्यसको जवाफमा सेसन्सले यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्रम्प न्याय विभागको प्रखर आलोचक रहँदै आएका हुन् ।
सन् २०१६मा भएको राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपको छानबिन प्रकरणमा राष्ट्रपति ट्रम्प विशेषरूपले क्रुद्ध देखिएका छन् ।
ट्रम्पको चुनवी अभियानका शुरूवाती समर्थक रहेका सेसन्सले सो छानबिनलाई प्रभावित हुन नदिने उद्देश्यले आफूलाई त्यो छानबिनबाट हटाएका छन् ।
सेसन्सको यो निर्णयबाट विशेष अनुसन्धानकर्ता रोबर्ट मुलरको नियन्त्रणमा सो छानबिन अगाडि बढिरहेको छ ।
त्यो समितिले अब न्यायमा ट्रम्पले पदीय हैसियतको दखल दिन खोजेका हुन वा होइनन त्यसको अध्ययन समेत गरिरहेको छ ।
ट्रम्पले व्यक्तिगतरूपमा वा ट्विटरबाट के कति प्रभाव न्यायमा पार्न खोजेको सो छानबिन समितिले गर्ने भएको छ ।
आफ्नो चुनावी अभियान र रुसी सरकारबीच कुनै सम्बन्ध नभएकोमा जोड दिँदै राष्ट्रपति ट्रम्पले न्याय विभागमा दखल दिन खोजेको आरोपलाई अस्वीकार गरेका छन् ।
हालका चर्का आरोप प्रत्यारोपले ट्रम्पले नेतृत्व गरेको रिपब्लिकन पार्टीका सांसदहरूमा विवाद उत्पन्न गराएको छ ।
दुई महत्वपूर्ण सांसद(सिनेटर)ले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन पछि महानयायाधिवक्ता सेसन्सलाई पदमुक्त गरे आफूहरू राष्ट्रपति ट्रम्पको पक्षमा उभिने संकेत गरेपछि अन्य रिपब्लिकन
सांसदहरूले महान्यायाधिवक्तालाई पदमुक्त गर्ने कदम गलत हुने र आफूहरू महान्यायाधिवक्ताको पक्षमा उभिने बताए ।
महान्यायाधिवक्ताले आफूले सपथ खाएको दिनदेखि न्याय विभाग मेरो नियन्त्रमा रहेको बताउँदै उनले भने “ राजनीतिक प्रभावबाट न्याय विभागलाई प्रभावित हुन नदिने , न्याय विभागबाट उच्चतम
दर्जाको व्यवहार हुनुपर्ने आफ्नो चाहना छ गलत भए कारबाही गर्छु , अमेरिका भन्दा बढी राम्रो कानुनको अनुसन्धान गर्ने र अभियोजन गर्ने प्रतिभावान र समर्पित व्यक्तिहरू भएको देश कुनै छैन्,
विधिको शासनलाई सफलतापूर्वक अगाडि बढाइरहने आपूmहरूले गरेको कार्यप्रति गर्व गर्छु ।”
यसअघि सेसन्सले राष्ट्रपति ट्रम्पले उनलाई आफ्नो नियन्त्रणमा राख्ने मनसायले गरेका आलोचनाको कुनै टिप्पणी गरेको देखिएको थिएन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया