काठमाडौं । नेपाली युवा पौडीबाज डुआना लामाले ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।
हंगेरीको बुडापेष्टमा जारी १९औँ फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेकी डुआनाले १०० मिटर ब्रेष्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए ।
डुआनाले निर्धारित दूरी १ मिनेट १७.५८ सेकेण्डमा पूरा गर्दै यसअघिको ब्रेष्टस्ट्रोकको १ मिनेट १७.८८ सेकेण्डको कीर्तिमान भङ्ग गरिन् ।
प्रतियोगितामा नेपालको तर्फबाट डुआनासँगै नासिर हुसैनको सहभागिता थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया