पौडी : २०० मिटर फ्रिस्टाइलमा नासिरको कीर्तिमान

लोकपथ
49
Shares

काठमाडौं । हंगेरीको बुडापेस्टमा जारी १९औं फिना विश्व च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरिरहेका नासिर हुसेनले पुरुष २०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले फ्रिस्टाइल निर्धारित दूरी दुई मिनेट ००।९९ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेको नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । नासिरले यसअघि दुई मिनेट ०१।६० सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

प्रतियोगितामा नेपालको तर्फबाट नासिरसँगै महिलामा डुवाना लामा सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?