ज्योति विकास बैंकको ७१ महिनामै पैसा दोब्बर हुने योजना सार्वजनिक

लोकपथ
259
Shares

काठमाडौं । ज्योति विकास बैंकले “ज्योति दुई गुणा डिपोजिट” मुद्धती योजना सार्वजनिक गरेको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरुले पाँच वर्ष ११ महिनामै जम्मा गरेको रकमको दुई गुणा रकम प्राप्त गर्छन् । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्धती खातामा न्यूनतम १० हजार जम्मा गरि खाता खोल्न सकिन्छ ।

यो खाता बैंकको सम्पूर्ण शाखा कार्यालयहरुबाट खोल्न सकिने छ । साथै, यस खातामा ग्राहकलाई रकम आवश्यक परेमा साँवा रकमको ९० प्रतिशतसम्म ऋण सुविधा पनि छ ।

ज्योति विकास बैंक ग्राहक केन्द्रीत भई ग्राहकहरुको आवश्यकता र मागहरुलाई अनुसरण गर्दै नवीनतम सुविधाहरु ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दिर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?