‘पिएसजी’ले इभान राकीटिचलाई क्लबमा भित्र्याउन तयार

फ्रान्स । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले क्रोएसियाका मिडफिल्डर इभान राकीटिचलाई क्लबमा भित्राउनका लागि ९० मिलियन युरो तिर्न तयार भएको छ । 

यसअघि अर्को स्पेनी क्लब बार्सिलोनाले राकिटिचलाई कसैले आफ्नो क्लबमा भित्राउन चाहेमा १ सय २५ मिलियन युरो तिर्नुपर्ने मुल्य तोकेको थियो । 

३० वर्षे मिडफिल्डर राकीटिचका लागि ‘पिएसजी’ले बार्सिलोनासँग प्रारम्भिक छलफल शुरु गर्ने बताइएको छ । बार्सिलोनासँग राकीटिचको अझै तीन वर्ष सम्झौता बाँकी छ । बार्सिलोनासँगको उनको सम्झौता सन् २०२१ पछि सकिनेछ । 

क्रोएसियाको राष्ट्रिय टिमबाट यसै वर्षमात्र ११ खेल खेलेका उनले टिमलाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण योगदान दिएका थिए । 

सन् २००७ मा राष्ट्रिय टिममा डेब्यु गरेका उनले अहिलेसम्म ९९ खेल खेलि सकेका छन् ।

सन् २००५ बाट व्यवसायिक फुटबल खेल्न थालेका इभानले ला लिगाका मात्र ८ सिजन खेले । सन् २०१४ मा सेभिल्लाबाट उनी बार्सिलोनामा आवद्ध भए ।  उनले अहिलेसम्म बार्सिलोनाबाट लिगका मात्र १ सय ३५ खेल खेलेका छन् ।

‘पिएसजी’ले पछिल्लो सिजन बार्सिलोनाबाट नै  नेयमारलाई किर्तिमानी मुल्यमा क्लबमा भित्राएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?