सेयर बजारमा भारी गिरावट, १८८४ मा झर्‍यो नेप्से

लोकपथ
119
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार बजार खुलेको डेढ घण्टामै सेयर बजारमा भारी गिरावट आएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४९.९८ अंकले घटेको छ ।

यो अवधिसम्म नेप्से १८८४ मा झरिसकेको छ । लगानीकर्ताहरु सेयर बजार सुधारको माग गर्दै आन्दोनलमा उत्रिदा पनि सेयर बजारमा सुधारमा आउन सकेको छैन ।

१२:३० बजेसम्म २१ लाख ४९ हजार ५०३ कित्ता सेयर खरिदबिक्री हुँदा ६८ करोड ४९ लाख ७४ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?