नेपालले ब्लुमफिल्ड क्लबलाई ३ सय २४ रनको चुनौती प्रस्तुत

श्रीलंका । मलेसियामा हुने एसिया कप छनोटको तयारीमा रहेको नेपाली टिमलले दोस्रो अभ्यास खेलमा ब्लुमफिल्ड क्लबलाई  ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार भएको दोस्रो खेलमा श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई  ३ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सागर पुनले उत्कृष्ट प्रदर्शन गरेका थिए । 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २३ रनको विशाल योगफल तयार पारेको थियो । नेपालका लागि दीपेन्द्रले सर्वाधिक १ सय २१ रनको योगदान दिए।

त्यस्तै, सागर पुनले ८३ बलमा ९२ रन बनाउन सफल भए। सागर दिपेन्द्रले पाँचौ विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए ।

ओपनर ब्याट्सम्यान अनिल साह १७ रन जोड्दै पभेलियनमा फर्किए । कप्तान पारस २३ रनमा बोल्ड भए भने अर्का ओपनर ब्याट्म्यान सुवास खकुरेल ९ रन जोड्दै आउट भए ।

यता रोहितले ११ रन मात्र जोडे । करण केसीले १२ बलमा २६ रन जोड्न सफल भएका थिए । 

नेपालले पछिल्लो खेलमा कप्तान पारस खड्का, सागर पुन र करण केसीलाई विश्राम दिएका थिए । शुक्रवारको खेलमा उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी र सोमपाल कामी अनुपस्थित थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?