जाकार्ता । जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत दक्षिण कोरियाकी साइक्लिस्ट नाह रेउमले दोस्रो स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
इन्डोनेशियाको सुवाङमा शुक्रवार भएको महिला व्यक्तिगत स्पर्धामा उनले दोस्रो स्वर्ण पदक हात पारेकी हुन् ।
उनले ८७ दशमलब ७ किलोमिटरको रेश ३१ मिनेट ५७ दशमलब १० सेकेन्डमा पूरा गर्दै पहिलो स्थान प्राप्त गरिन् । उनी भन्दा मात्र ५७ दशमलब शुन्य १६ सेकेन्डमा रेश पूरा गर्दै जापानकी इरी योनामाइनले रजत पदक जित्न सफल भइन् ।
चीनकी विङग यी लेङगले कास्य पदक हात पारिन् । कोरियाकी रेउमले गत बुधवार सम्पन्न भएको महिलाको रोड रेश विधामा पनि स्वर्ण पदक जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया