काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । ८४ मत खसेकाेमा नेम्वाङले ४५ मत पाए भने शेर्पाले ३९ मत मात्र पाए ।
अध्यक्षका अर्का उम्मेदवार राजिव पौडेलले भने कुनै मत पाउन सकेनन् ।
निर्वाचित अध्यक्ष वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया