नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै प्रशिक्षक अब्दुल्लाहको नेपाल नफर्कने संकेत

लोकपथ
322
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को आगामी चार वर्षे कार्यकालका लागि पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएसँगै राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको नेपाल नफर्किने संकेत देखाएका छन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम–स्टोरीमा प्रशिक्षक अल्मुताइरीले नेपाली फुटबलप्रति सुखद् भविष्यको कामना गर्दै आफू नफर्किने संकेत गरेका छन् । यद्यपि उनले त्यो स्टोरी भने हटाएका छन् ।

हालै कुवेतमा एएफसी एसियम कप छनोट खेलेपछी अब्दुल्लाह गृहनगर नै छन् । उनले टिम फर्कने समयमा चुनावको नतिजासँगै आफू फर्कने या नफर्कने तय हुने बताएका थिए ।

नेपाली राष्ट्रिय टिमको प्रशिक्षक हुँदै गर्दा प्रशिक्षक अल्मुताइरीले तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको फेसबुकमा लेखेका थिए ।

तर, उनले राजीनामा भने दिएका थिएनन् । नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुर्याए पनि उनले नेपाल नफर्किने अभिव्यक्ति दिएका थिए ।

एसियन कप छनोटको तेस्रो चरणका लागि आफ्नो देश कुवेत पुगेका अब्दुल्लाह तीन महिनाका लागि छुट्टिमा छन् ।

एन्फाको सोमबार भएको निर्वाचनबाट नेम्वाङ ४५ मतसहित अध्यक्ष पदमा निर्वाचित हुँदा ३९ मत पाएका कर्मा छिरिङ शेर्पा पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?