फेबर ब्राण्डकाे नयाँ स्टाेर जडिबुटीमा

लोकपथ
56
Shares

काठमाडौं । फेबर ब्राण्डले पेप्सीकाेलाकाे जडिबुटीमा नयाँ स्टाेर संचालनमा आएको छ । याे नयाँ स्टोर खोलेसँगै फेबर ब्राण्डसँग नेपालमा ७ वटा प्लाटिनम स्टुडियाेज पुगेकाे छ।

नेपालमा १५ वर्षयता फेबर ब्राण्ड संचालनमा रहेकाे छ। विगत २ वर्षको अन्तरालमा फेबरले नेपालमा ६ वटा फेबर प्लाटिनम स्टुडियाेज खोलेको छ । जसमा ३ वटा काठमाण्डौं उपत्यकामा, एउटा विराटनगर, एउटा विर्तामोड र एउटा पोखरामा रहेका छन् ।

विश्व वजारमा ७ प्लान्टसहित प्रमुख ६ देशहरु इटाली, स्वीडेन, फ्रान्स, टर्की, अर्जेन्टीना र छिमेकी मुलुक भारतमा समेत यसले उत्पादन गर्दै आएको छ। याे ब्राण्ड इटालीबाट शुरु भएकाे थियाे।

यसको मुख्य बजार निर्देशनालय अमेरिका प्रतिनिधि र कार्यालय रुसमा रहेको छ । नेपालकालागि फेबरको राष्ट्रिय प्रबन्धक गोपाल मेहताका अनुसार फेबर नेपालले आगामी २ महिना भित्र थप २ वटा स्टोर नारायण्गढ र वुटवलमा संचालनमा ल्याउने छ । यसको नेपालमा भित्राउने यूएचएस हाेल्डिंग्स प्रालिले गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?