स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि सात दिनदेखि आमरण अनशनरत तिलक कोइराला अस्पताल भर्ना

लोकपथ
105
Shares

काठमाडौं । पुँजीबजार सुधार र विकासका १९ बुँदे मागसहित आमरण अनशनमा बसेका तिलक कोइरालालाई स्वास्थ्य अवस्था गम्भीर बनेपछि पाटन अस्पताल भर्ना गरिएको छ ।

पुँजीबजार सुधारको माग गर्दै असार १ गतेदेखि नेपाल धितोपत्र बोर्डको कार्यालयअगाडि आमरण अनशनमा बसेका कोइरालाको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

अहिले इमर्जेन्सी वार्डमा राखेर उनको उपचार सुरु भएको छ । यसअघि अनशनस्थलमा नियमित स्वास्थ्य जाँचका लागि पुगेका चिकित्सक कोइरालको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको बताएका थिए। उनलाई सास फेर्न कठिन भइरहेको चिकित्सकहरुले बताएका छन् । उनमा टाउको दुःख्ने, जीउ दुःख्ने, रिंगटा लाग्नेलगायतका समस्या पनि देखिएका छन्।

May be an image of 9 people, people sitting and people standing

तिलक कोइरालालाई अस्पताल लगिएपछि सयौँको संख्यामा उपस्थित लगानीकर्ताहरुले उनको जीवनरक्षाको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्

उनीहरुले तिलक कोइरालालाई केही भने जस्तोसुकै कदम पनि चाल्न तयार रहेकोचेतावनी समेत दिएका छन् ।

May be an image of 2 people and people sitting

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?