बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? निजीमा होर्इन सरकारी बैंकमा जानुस्

काठमाडाैं : सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकले अन्य बैंकभन्दा सस्तो ब्याजदरमा ऋण दिनसक्ने देखिएको छ । 

गत अार्थिक बर्षको वित्तीय विवरण विश्लेषण गर्दा अहिले बाणिज्य बैंकको अाधार ब्याजदर अन्य सबै बैंकको भन्दा कम अर्थात ६.२% मात्र छ । यो बैंकको कर्जा र निक्षेपको अनुपात समेत सबैभन्दा कम देखिएको छ । 

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकसँगै नेपाल बैंकले पनि सस्तो ब्याजदरमा ऋण प्रवाह गर्नसक्ने देखिएको छ । नेपाल बैंकको अाधार ब्याजदर ७.०३% मात्रै छ । यसपछि ८% भन्दा कम अाधार ब्याजदर रहेको स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले पनि अन्य बैंकको तुलनामा सस्तो ब्याजमा ऋण दिन सक्छन् ।

यी ४ बैंक बाहेक अन्य १४ वटा वाणिज्य बैंकको अाधार ब्याजदर ११% भन्दा बढि छ । यी मध्ये सेञ्चुरी बैंकको अाधार ब्याजदर १२.०८% छ ।

अाधार ब्याजदर कम भएका बैंकहरूले सस्तो ब्याजदरमा ऋण दिन सक्छन् भने बढि रहेका बैंकबाट ऋण लिँदा चर्को ब्याज तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?