चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।
दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो ।
बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया