तनावग्रस्त कञ्चनपुरमा सुरक्षा समितिको बैठक बस्दै

कञ्चनपुर : १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका कारण तनावग्रस्त कञ्चनपुरमा अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ । 

पन्तको हत्यामा जिल्लास्थित प्रहरी अधिकारी र उनका अाफन्त नै संलग्न रहेको दाबी गरिरहेका स्थानीयले घटनाको सत्यतथ्य पत्ता लगार्इ वास्तविक दोषीमाथि कडा कारबाही गर्न माग राखेका छन् । 

यही माग राखेर भएको प्रदर्शनका क्रममा प्रशासनले हस्तक्षेप गर्दा १ जनाको मृत्यु भएको छ भने हालसम्म दुर्इ दर्जनभन्दा बढि स्थानीय घार्इते भएका छन् । 

शुक्रबार बेलुकीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर शनी खुनाको मृत्यु भएपछि स्थिती थप भड्किन सक्ने भन्दै अहिले कञ्चनपुरमा कर्फ्यु लगार्इएको छ । 

घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बनेको उच्चस्तरीय छानबीन समिति कञ्चनपुर पुगेपनि अनुसन्धान शुरू गर्न सकिरहेको छैन ।

बिहिबार भएको अान्दोलनमा प्रहरीले गोली चलाउँदा ३ जना घार्इते भएका थिए । लगत्तै सरकारले प्रमुख जिल्ला अधिकारी र जिल्लास्थित प्रहरी प्रमुखलार्इ फिर्ता बोलाएको थियो । 

प्रहरीले निर्मलाको बलात्कारपछि हत्या भएको २५ अाैं दिनमा मुख्य अभियुक्त भन्दै स्थानीय दिलिपसिंह बिष्टलार्इ सार्वजनिक गरेको थियो । तर बिष्ट मानसिक रूपमा अस्वस्थ रहेको र महिलाहरूलार्इ दुर्व्यवहार गर्ने गतिविधी नगरेको स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?