काठमाडौँ : कञ्चनपुरकी १३ वर्षीया बालिका निमर्ला पन्तमााथि बलात्कार र हत्या गर्नेहरूलार्इ कारबाहीको माग गर्दै शनिबार दिउँसो काठमाडाैंको मार्इतीघरमा 'जनता भेला' हुन अायोजना हुँदैछ ।
बलात्कारको विरोधमा रहेका सामाजिक अभियन्ताहरूले मार्इतीघरमा भेला अायोजना गरि निर्मला हत्याकाण्डका अपराधीलार्इ कारबाहीको माग गर्ने भएका हुन् । अधिकारवादी र सर्वसाधारण दिउँसो १२ बजे मार्इतीघर मण्डलामा उपस्थित हुनेछन् ।
निर्मला पन्तको हत्यामा जिल्लास्थित सुरक्षा निकायकै प्रमुख र निजका अाफन्त संलग्न भएको स्थानीयले बतार्इरहेका छन् । तर, प्रहरीले निर्मलाको हत्या भएको २५ दिनपछि मानसिक सन्तुलन गुमाएको व्यक्तिलार्इ अारोपित गरि प्रमुख अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।
हत्याका वास्तविक अपराधीलार्इ लुकाउन प्रशासन नै सक्रिय रहेको जनाउँदै कञ्चनपुरबासीले लगातार विरोध प्रदर्शन गर्दै अार्इरहेका छन् । यसक्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा १४ बर्षीय सन्नी खुनाको मृत्यु भएको छ भने हालसम्म २ दर्जन स्थानीयलार्इ प्रहरीले घार्इते बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया