काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा फेरि गिरावट आएको छ । मंगलबार ३७ अंकले बढेर हरियाली छाएको बजार आज फेरि घटेको हो । आज सेयर बजार १ दशमलव २१ प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि गिरावट आएको छ । यस दिन कारोबार रकम ८४ करोडमा खुम्चिएको छ ।
लगानीकर्ताहरु १९ बुँदे मागसहित पुँजीबजार विस्तार र सुधारको मागसहित आन्दोलनमा उत्रिरहँदा पनि सेयर बजारले उकारो यात्रा तय गर्न सकिरहेको छ ।
बुधबार सेयर बजार मापक नेप्से ३१ दशमलव २१ अंकले घटेर १८९३ दशमलव ५३ बिन्दुमा पुगेको छ । यता सेन्सेटिभ परिसूचक ५ दशमलव ९४ अंकले बढेर ३६९ दशमलव १५ बिन्दुमा झरेको छ ।
कारोबार अवधिभर २२९ कम्पनीको ३० लाख ३४ हजार ४८३ कित्ता सेयर खरिदबिक्री हुँदा ८४ करोड ३७ लाख ७३ हजार ४५९ रुपैयाँको कारोबार भएको छ ।
मंगलबार १३ वटै सूचकमा हरियाली छाएको थियो तर आज १३ वटै सूचक राताम्य बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया