एजेन्सी :अमेरिकी सिनेटर जोनम्याककेइनको८१ वर्षको उमेरमा निधन भएको छ ।
भियतनाम युद्धका नायकका रूपमा चिनिएका केइन राष्ट्रपदको उम्मेदवार समेत बनेका थिए ।
ब्रेन टयुमरको समस्याबाट पीडित केइनको परिवारले शुक्रबार उपचारमा रोक लगाउने निर्णय गरेका थिए ।
६ पदावधि सिनेटर रहेका केइन सन् २००८मा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारी दिएका थिए ।
भियतनाम युद्धमा केइन लडाकु विमानका चालक थिए । उनको विमानलाई मार हानी खसालिएको थियो । युद्ध बन्दीको रुपमा ५ वर्ष बिताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया