राैतहट डुंगा दुर्घटना : २१ जनाको उद्दार, ५ जना अझै बेपत्ता

काठमाडौं : राैतहटस्थित लालबकैया नदीको टिकुलिआ बनजरहाघाटमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परेकामध्ये हालसम्म २१ जनाको उद्दार गरिएको छ । २६ जना सवार डुंगा बग्दा नदीमा खसेका ५ जनाको अवस्था अझै अज्ञात छ । 

डुंगाका सहचालक अोमप्रकाश चन्द्रवंशीसहित शान्तीदेवी शाह, र्इन्दुदेवी पटेल, रूनादेवी पटेल र उष्मा पटेल अझैसम्म हरार्इरहेका छन् । 

जिल्लाको अाैरहियाबाट गाैरतर्फ अाउँदै गरेको डुंगा शनिबार बेलुकी पूलका लागि बनार्इएको पिलरमा ठोक्किए दुर्घटना भएको हो । 

दुर्घटनामा परेकामध्ये १० जना यात्रु पाैडेर उत्रन सफल भएका थिए । 

शुरूमा ४० जना यात्रु सवार भनिएपनि प्रहरीले २६ जना यात्रु डुंगामा रहेको अनुमान गरेको छ । 

हरार्इरहेकाको खोजीका लागि अार्इतबार बिहानैदेखि जिल्लास्थित सवै सुरक्षा निकाय र स्थानीय वासिन्दा लागिपरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?