इटाली । इटालियन लिग ‘सिरि ए’ मा युभेन्ट्स विजयी भएको छ ।
शनिवारराति सम्पन्न भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले विजयी भएको हो । यहि सिजनमा मात्र युभेन्टसमा आवद्ध भएका क्रिस्टियानो रोनाल्डोले शनिवारराति खेलमा भनृे गोल गर्न सकेनन् ।
खेल शुरु भएको ३० मिनेट पनि बित्न नपाउँदै युभेन्ट्सका लागि मिरालेम पेजेनिकले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । उनले २५ यार्ड टाढाबाट प्रहार गरेको बलले गोलपोष्टको जाली चुमेको थियो ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडी रहेको युभेन्ट्सको खेलको दोस्रो हाफमा थप गोल गर्यो । ७५ औँ मिनेटमा मारिया मान्जुकिजले गोल गर्दै जीत दिलाए ।
त्यस्तै, शनिवारराति नै भएको अर्को खेलमा एसि मिलानले नेपोलीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
एसि मिलानका लागि खेलको १५ औँ मिनेटमा गियाकोमे बोनाभेन्टुरा, ४९ औँ मिेनटमा डेभिड कालबेरियाले र ८० औँ मिनेटमा डेरिस मेट्रेन्सले समान एक-एक गोल गरेका थिए ।
यता, नेपोलीका लागि ५३ औँ र ६७ औँ मिनेटमा पिट्रो जेलेन्सीकले दुई गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया