श्रीलंका । एशिया कप क्रिकेट छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली टोलीसामु कोल्ट्स क्लबले २ सय १७ रनको चुनौती लक्ष्य प्रस्तुत गरेको छ ।
अभ्यास खेलमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाको स्थानिय क्लब कोल्ट्सले ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय १६ रनको योगफल तयार पारेको थियो ।
कोल्ट्स क्लबका लागि हसन हेवानाइकेले अर्धसतकिय पारी खेले । उनले ६७ बलमा सर्बाधिक ५९ रनको योगदान दिए । त्यस्तै, याना श्रीवद्धनेले ३६ रन, कृषण नाथनले ३१ रन तथा ओपनर ब्याट्सम्यान विश्व चतुरगाले २४ रन जोडेका थिए ।
कोल्टु्सको पारी ध्वस्त पार्ने क्रममा नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । यता करन केशी र सागर पुनले समान २-२ विकेट झारे भने ललित राजबंशीले एक विकेट लिए ।
यस अघि भएको दुई अभ्यास खेलमा पनि नेपालले जीत हात पारेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया