१८ औँ ‘एशियाड’: बक्सिङमा नेपालका विष्णु घले बाहिरिए

जाकार्ता । इन्डोनेशियामा जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत बक्सिङमा नेपालका विष्णु घले बाहिरिएका छन् । 

जि एक्स्पो हलमा आइतवार भएको पुरुष ६९ केजी तौल समूहको खेलमा नेपालका विष्णु कतारका थुलासीमरन थारुमालिन्गमसँग ५-० ले पराजित हुँदै अन्तिम १६ को खेलबाटै बाहिरिएका छन् । 

खेलको पहिलो बाउटमा नेपालका घले थारुमालिन्गमसँग ३०-२६ स्कोरले पराजित भए ।

त्यस्तै, दोस्रोमा ३०-२६ र अन्तिम बाउटमा पनि ३०-२६ ले नै घले पराजित भए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?