सोह्र साइकल काधमा राख्ने ती चिनियाँ

चीनमा एक मानिसले १६ साइकललाई अनौठो तरिकाले बोकेर सहरी मार्गमा स्कुटर चलाइरहेको भिडियो बाहिर आएको छ । 

यो भिडियो चीनको गुवाङदोङ प्रान्तको जीयाङ् सहरमा खिचिएको हो । भिडियोमा ती मानिस कुदिरहेको स्कुटरमा एक ठूलो भाटाँलाई काँधमा राखेर त्यसको दुबै तर्फ आठ–आठ वटा साइकल झुण्डाइरहेका देखिन्छन् । 

उक्त मानिसले आफ्नोको भार अड्याउनको लागि एक मात्र पाखुरा प्रयोग गर्छन् । 

थप खोज गर्दा स्कुटर चालक सहरको एक साइकल सेयरिङ सेवाको श्रमिक रहेको पत्ता लागेको छ । सो समय उनले ती साइकलहरु आफू काम गरिरहेको सस्थाको भण्डारण लगिरहेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?