एजेन्सी: भारतको सत्तारूढ दलका एक सांसदले आफ्नो विस्तारवादी मनसाय सार्वजनिक गरेका छन् ।
भारतीय जनता पार्टीको तर्फबाट राज्यसभाका सांसद सुब्रमण्यम स्वामीले यस्तो मनसाय सार्वजनिक गरेका हुन् ।
दक्षिण एसियाली देश माल्दिभ्सको आम निर्वाचनमा धाँधली भए भारतले आक्रमण गर्नुपर्ने विचार स्वामीले सार्वजनिक गरेका हुन् ।
माल्दिभ्सका राष्ट्रपतिले चुनावमा धाँधली गराए भारतले माल्दिभ्समाथि आक्रमण गर्नुपर्ने विषय उनले आफ्नो ट्विटमा उल्लेख गरे । ्
स्वामीको यो अभिव्यक्ति कोलम्बोमा माल्दिभ्सका निर्वासित पूर्व राष्ट्रपति मोहम्मद नशीदसँग भेटवार्ता गरेपछि सार्वजनि भएको हो
स्वामीको अभिव्यक्तिबाट सत्तारूढलाई समस्या परेपछि भारतको विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले स्वामीको अभिव्यक्ति उनको व्यक्तिगत भनी टिप्पणी गरेका छन् ।
कुमारले भारत सरकार स्वामीको भनाइसँग सहमत नरहेको स्पस्ट पारे ।
गत हप्ता मंगलबार कोलम्बोमा निर्वासित नशीदसँग भेटवार्ता गरेका थिए ।
भेटमा नशीदले वर्तमान राष्ट्रपति अब्दुल्ला यामिनले सेप्टेम्बरमा हुने चुनावमा धाँधली गराउन सक्ने आंशका व्यक्त गरेका थिए ।
नशीदले स्वामीसँगको भेटमा माल्दिभ्सका राष्ट्रपतिले चुनावमा धाँधली गर्न सक्ने आंशका व्यक्त गरेको आफ्नो ट्विट मार्फत गरेका थिए ।
भारतले माल्दिभ्सको चुनावमा यससम्बन्धी कारबाही गर्नुपर्ने अभिव्यक्ति सांसद स्वामीको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया