जाकार्ता । इन्डोनेशियामा भइरहेको १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत सेपाकताक्रोको पुरुषमा नेपाल पराजित हुँदै बाहिरिएको छ ।
रानाउ हलमा सोमवार भएको पुरुषको रेगु विधामा नेपाल छिमेकी मुलुक भारतसँग २-० ले पराजित भएको हो ।
समूह ‘बी’ मा रहेको नेपाली टोलीमा रुपेश सुनार, दिपेशजंग थापा, गोबिन्द मगर, सन्जित धिताल र रबिन भट्टराई छन् ।
यस अघि भएको पहिलो खेलमा नेपाल मलेसियासँग, दोस्रो खेलमा दक्षिण कोरियासँग र तेस्रो खेलमा चीनसँग पराजित भएको थियो ।
यसअघि भएको पुरुष रेगुको टिममा नेपालले खासै राम्रो प्रर्दशन गर्न सकेको थिएन् । रेगुको टिम विधातर्फ थाइल्याण्डले स्वर्ण, मलेसियाले रजत तथा भारत र इन्डोनेशियाले कास्य पदक जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया