नयाँ दिल्ली– भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धी हालैको मनसुनी वर्षाका कारण आएको बाढीबाट प्रभावित भएको भारतीय राज्य केरलाको भ्रमण गर्नुहुने भएको छ ।
भारतीय काँग्रेसले प्रेस विज्ञप्ति जारी गरेर सोमबार जानकारी दिएअनुसार उहाँ मङ्गलबार सो राज्यको भ्रमणमा जान लाग्नुभएको हो । उहाँ केरला राज्यको राजधानी त्रिवन्तापुरममा मङ्गलबार पुग्नुहुने छ ।
सो क्षेत्र बाढीाबट बढी नै मात्रामा प्रभावित भएको थियो । अध्यक्ष गान्धी केरलाका बाढी प्रभावित विभिन्न क्षेत्रमा पुग्नुहुने काँग्रेसले जानकारी दिएको छ ।
उहाँ बुधबारसम्म नै सो राज्यमा बस्नुहुने छ । उहाँ आगामी बुधबार यहाँको बाढी प्रभावित अर्काे क्षेत्र वेआनन्दमा पुग्नुहुने कार्यक्रम रहेको छ ।
उहाँले यसअघि केरलाका नागरिकप्रति सद्भाव राख्नुभएको थियो । उहाँले यही अगष्ट २४ मा ट््वीट गर्दै केरलाका नागरिकमा यतिखेर ठूलो जटिल समस्या उत्पन्न भएको बताउनुभएको थियो ।
केरलामा यस मनशुनमा यस सताब्दिकै ठूलो विनाशकारी बाढी आएको छ । सो बाढीमा परी कम्तीमा पनि ३४५ जनाको ज्यान गएको बताइएको छ ।
त्यसैगरी बढीमा परी भौतिक सम्पत्तिको पनि ठूलो क्षति भएको छ । डुबानमा परेका क्षेत्रका हजारौँ नागरिक घरबारबिहीन भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया