एजेन्सी :२५ वर्ष पुरानो उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता पुनर्सम्झौता पूरा गर्न दबाब बढिरहेका बेला अमेरिका र मेक्सिकोबीच व्यापारसम्बन्धी एक महत्वूर्ण साझा बिन्दु फेला पारिएको छ ।
मेक्सिकोसँगको विद्यमान व्यापार सम्झौताका कटु आलोचक रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसबारे एक क्रमभंग गरिएको घोषणा गरे ।
मेक्सिकोसँगको बिन्दु पहिल्याइएको भएपनि क्यानाडासँग अमेरिकाले कुरो नगरेकाले यसका परिणाम निर्णायक हुनेमा आंशका गरिएको छ ।
क्यानाडासँग मंगलबार कुरो हुने भएको छ ।
उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौतालाई खारेज गर्ने धम्की ट्रम्पले दिँदै आएका थिए ।
विशेषगरी सवारी उद्योगमा अमेरिकी रोजगारमा सन् १९९४मा गरिएको सन्धीले ह्रास ल्याएकोले यो सन्धीको पुनर्सम्झौता हुनुपर्ने माग ट्रम्पले गर्दै आएका थिए ।
मेक्सिसँगको वार्तामा साझा बिन्दु खोजिएको समाचारबाट अमेरिकाको शेयर बजारमा बृद्धि भएको छद भने मेक्सिकोको पेसो बलियो भएको देखिएको छ ।
ट्रम्पले अविश्वसनीय सम्झौताका ठाउाँ धेरै धेरै न्यायपूर्ण समभ्mौताको बिन्दुमा अमेरिका र मेक्सिको पुगेको बताए ।
विगत ५ साता देखि उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौताको पुनर्लेखन गर्ने विषयमा कुरो भइरहेको थियो ।
तर त्यो छलफलमा क्यानाड सहभागी भइरहेको थिएन् ।
क्यानाडासँग छुट्टै सम्झौता हने बताउँदै ट्रम्पले उत्तर अमेरिका स्वतन्त्र व्यापार सम्झौता नामक गलत विषयबाट अलग हुन चाहेको बताए ।
यो व्यापार सम्झौता अन्तर्गत १ ट्रिलियन अमेरिकी डलर बराबरको वार्षिक व्यापार हुन्छ ।
यसमा अपडेट गर्न खोजिएको विषय बौद्धिक सम्पत्ति, डिजिटल व्यापार र लगानी विवाद लगायत अन्य विषयहरूलाई कसरी व्यवस्थित गर्नु रहेको छ ।
सोमबार मेक्सिको र अमेरिकाबीच भएको प्रारम्भिक सम्झौता अनुसार दुई देशमा कुनै वस्तु ७५ प्रतिशत बनेको रहेछ भने त्यस्ता वस्तुले कर मुक्तको सुविधा पाउनेछ ।
कम्तीमा १६ अमेरिकी डलर आमदानी गर्ने कामदारहरूबाट बनाइएको गाडी ४० देखि ४५ प्रतिशत बनेको हुनुपर्ने प्रावधान थपिएको छ ।
यो सम्झौताले न्यून ज्याला दिने मेक्सिकाका कम्पनीहरूलाई हतोत्साहित गर्न खोजिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया