एजेन्सी : बेलायतको प्रधानमन्त्री भएपछि पहिलो पटक अफ्रिका भ्रमणमा पुगेकी टेरिजा मेले ब्रेग्जिट भएपछि अफ्रिकामा लगाी बढाउने प्रतिबद्धता व्यक्त गर्ने भएकी छिन् ।
केइप टाउनमा आयोजित कार्यक्रममा उनले यस्तो बताउने भएकी हुन् । अफ्रिकामा गरिने सहयोगबाट बेलायत पनि लाभान्वित हुने उनले सम्बोधनको क्रममा विश्वास दिलाउने भएकी हुन् ।
सन् २०२२सम्म अफ्रिकामा जी ७का सबै भन्दा बढी लगानी गर्ने अमेरिकालाई बेलायतले उछिन्न चाहेको उनले बताउने छिन् ।
तीन दिने व्यापार अभियानमा अफ्रिका पुगेकी मेले नाइजेरिया र केन्याको भ्रमण गर्ने छिन् ।
भ्रमणको क्रममा मेले अफ्रिकाका तीन देशका राष्ट्रपतिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
सन् २०१९मा बेलायत युरोपेली युनियनबाट औपचारिकरूपमा छुट्टिन अघि मेले अफ्रिकाका उदीयमान अर्थतन्त्रको भ्रमण गरी आर्थिक र व्यापार सम्बन्धको विकास गर्ने उद्देश्य लिएको देखिएको छ ।
प्रधानमन्त्री मेसँग यो भ्रमणमा बेलायतका व्यावसायिक नेता र मन्त्रीहरू रहेका छन् ।
बेलायतको अफ्रिकामा प्रत्यक्ष लगानी सन् २०१६मा ४२.७ अर्ब पाउन्डस्टर्लिंग थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया