यस्तो छ बिम्सटेक मन्त्रीस्तरीय बैठकको कार्यतालिका

काठमाडाैं : भदाै १४ र १५ गते नेपालको राजधानी काठमाडाैंमा अायोजना हुन लागेको बहुपक्षीय प्राविधिक तथा अार्थिक सहायताका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को बैठक तयारी तीब्र पारिएको छ ।

शिखर सम्मेलन तयारीका लागि भन्दै मंगलबार बिहान बिम्सटेक मुलुकका विदेश सचिवहरूको बैठक बसेको छ। अाज बसेको विदेश सचिवस्तरीय बैठकले यसअघि भएका सम्मेलनको उपलब्धी समीक्षा, पुनरावलोकन, काठमाडाैं सम्मेलनमा उठार्इने बिषय, विषयगत क्षेत्र र बिम्सटेकको प्रभावकारितामाथि छलफल गरेको छ ।

साथै, बंगालको खाडी नजिकका मुलुकको यो संस्थालार्इ प्रभावकारी र परिणाममुखि बनाउन एवं सहयोगका क्षेत्रलार्इ प्राथमिकताका अाधारमा अघि बढाउन तथा संस्थागत सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल भर्इरहेको छ ।

बिम्सटेक सम्मेलन तयारीका लागि भदाै १३ गते बुधबार (भोली) सदस्य राष्ट्रका विदेश/परराष्ट्र मन्त्रीस्तरीय बैठक बस्नेछ । यो बैठकले बिमस्टेक सम्मेलन तयारी पूर्ण भएको जानकारी गराउनेछ ।

भदाै १४ र १५ गते बिम्सटेक सम्मेलन हुँदैछ । यो सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश, थार्इल्याण्ड, म्यानमार र श्रीलंककाका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुँदैछन् ।

यस्तो छ बिमस्टेक मन्त्रीस्तरीय बैठकको समयतालिका

भदाै १२ गते, मंगलबार (अाज)

  • बिम्सटेक मुलुकका विदेश/परराष्ट्रमन्त्री काठमाडाैं अार्इपुग्ने
  • परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बिम्सटेक मुलुकका विदेश/परराष्ट्रमन्त्रीको स्वागतमा भोज अायोजना गर्ने

भदाै १३ गते, बुधबार (भोली)

  • सदस्य राष्ट्रका विदेशमन्त्रीहरू सम्मेलन हलमा अार्इपुग्ने (बिहान ९:१५ देखि ९:३० सम्म)
  • नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सम्मेलन उद्घाटन गरि स्वागत मन्तव्य दिने (बिहान ९:३० देखि ९:४५ सम्म)
  • सम्मेलनका एजेन्डा प्रश्तुत गर्ने (बिहान ९:४५ देखि ९:५० सम्म)
  • सदस्य मुलुकका प्रतिनिधीमण्डल प्रमुखले सम्मेलनलार्इ सम्बोधन गर्ने (बिहान ९:५० देखि ११ बजेसम्म)
  • बिम्सटेकका महासचिवले प्रतिवेदन पेश गर्ने (बिहान ११ बजेदेखि ११:१० सम्म)
  • चाैथो बिम्सटेक सम्मेलन तयारीबारे ब्रिफिङ (बिहान ११:२० देखि ११:३० सम्म)
  • बरिष्ठ अधिकारीहरूको बैठक (बिहान ११:३० देखि ११:५० बजे सम्म)
  • बिम्सटेक समझदारीलार्इ अन्तिम रूप दिने (मध्यान्ह ११:५० देखि १२:३० सम्म)
  • चाैथो बिम्सटेक सम्मेलनको काठमाडाैं घोषणापत्रको खाकालार्इ अन्तिम रूप दिने  (दिउँसो २ बजेदेखि २:३० सम्म)
  • १६ अाैं बिम्सटेक मन्त्रीस्तरीय बैठककको प्रतिवेदन पारित
  • बिम्सटेक मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण (बेलुकी ०५:०५ देखि ०५:१० सम्म)
  • नेपालका परराष्ट्र मन्त्रीले मन्त्रीस्तरीय बैठक समापन गर्ने (बेलुकी ५:१५ देखि ५:३० बजेसम्म)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?