बिम्सटेकको सम्मेलनअघि नै घोषणापत्र तयार गरिँदै

काठमाडाैं : सामान्यतया : कुनै पनि बैठक वा सभा/सम्मेलनको निष्कर्ष अन्तिममा निकालिन्छ र सार्वजनिक गरिन्छ । स्थानीयतहमा बस्ने बैठकदेखि मन्त्रीपरिषद्को निर्णय समेत बैठकको अन्त्यमा नै गरिन्छ । बैठकको शुरूमै चाहिँ छलफल गर्ने एजेण्डा मात्र लगिन्छ ।

यसरी भोली नै तयार गरिनेछ सम्मेलनको घोषणापत्र :

तर, नेपालमा बिहिबार र शुक्रबार हुन लागेको बहुपक्षीय प्राविधिक तथा अार्थिक सहायताका लागि बंगालको खाडीको प्रयास (बिम्सटेक) को चाैथो सम्मेलनको घोषणापत्र त्यसअघि नै तयार गर्न लागिएको छ । भोली (बुधबार) बस्ने बिम्सटेक विदेश/परराष्ट्र मन्त्रीस्तरीय बैठकले शुक्रबार जारी गर्ने बिमस्टेक घोषणापत्रको खाकालार्इ भोली दिउँसो ४ बजेदेखि ४:३० बजेभित्रै अन्तिम रूप दिनेछ । 

बिम्सटेक सम्मेलनको तयारी गर्न भोली (बुधबार) बिहान सवा ९ बजेदेखि सदस्य राष्ट्रका मन्त्रीहरूको बैठक बस्नेछ । सोही बैठकले १४ र १५ गते हुने सम्मेलनमा जारी गर्ने घोषणापत्रलार्इ अन्तिम रूप दिने मन्त्रिस्तरीय बैठकको समयतालिकामा उल्लेख छ ।

भोली बस्ने मन्त्रीस्तरीय बैठकले नै यस्तो बैठकको अध्यक्षता गर्ने नयाँ मुलुक चयन गर्नेछ । बिम्सटेकका बरिष्ठ अधिकारीहरूको बैठकले तयार गरेको प्रतिवेदनलार्इ स्वीकृत गर्ने र सम्मेलन अगाडी बढाउनेबारे पनि यही मन्त्रीस्तरीय बैठकले अावश्यक निर्णय गर्नेछ ।

यस्तो छ मन्त्रीस्तरीय बैठकको कार्यतालिका: 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?