एशिया कप छनोट : नेपालले पहिलो खेलमा ओमनको सामना गर्ने (खेल तालिका सहित)

काठमाडौं । बुधवारदेखि मलेसियामा शुरु हुने 'एशिया कप' छनोट क्रिकेटमा नेपालले पहिलो खेलमा ओमनको सामना गर्ने भएको छ । 

छनोट खेलका लागि नेपाली राष्ट्रिय टोली सोमवार नै त्यसतर्फ प्रस्थान गरेको थियो । क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने  यी दुई टिमबीचको खेल भोली ‘बुधवार’ बिहान पौने ८ बजेपछि शुरु हुनेछ ।

अहिलेसम्म ५० ओभरको खेलमा नेपाल र ओमन ५ पटक आमने-सामने भएका छन् । जसमा नेपालले तीन खेलमा जीत हात पारेको छ भने दुई खेल गुमाएको छ ।

नामिबियामा गत फेब्रुअरीमा सम्पन्न भएको डिभिजन ‘टू’ र सन् २०१४ को एसीसी प्रिमियर लिगको खेलमा नेपाल ओमानसँग पराजित भएको थियो । एसीसी प्रिमियर लिगमा भने नेपाल २ विकेटले पराजित भएको थियो ।

यता, सन् २०१३ मा भएको डिभिजन ‘थ्री’ को लिग चरणको खेलमा भने नेपालले ओमनलाई २८ रनले हराएको थियो ।

सन् २००२ मा एको एसीसी ट्रफीमा नेपालले १ सय ५ रनले तथा २०१० को एसीसी एलिट कमा ६ विकेटको जीत हात पारेको थियो ।

त्यस्तै, शुक्रवार संयुक्त अरब इमिरेट्स ‘युएई’को तथा सेप्टेम्बर १ मा मलेसियासँग खेल्ने खेल तालिका रहेको छ । 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?