‘एशियाड’ इतिहासमा भलिबल खेलको पहिलो जीत

जाकार्ता । जारी १८ औँ एशियाली खेलकुद ‘एशियाड’ अन्तर्गत नेपालको पुरुष भलिबल टिमले पहिलो जीत हात पारेको छ । 

३२ वर्षपछि पहिलो पटक ‘एशियाड’मा सहभागी भएको नेपाली पुरुष भलिबलले मंगोलियालाई हराएको हो । मंगलवार भएको १३ औँ र १८ औँ स्थानको लागि भएको क्वाटरफाइनल खेलमा नेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गरेको हो ।

नेपालले खेलको पहिलो सेट २८-२६ ले गुमाएको थियो । तर, त्यसपछिका बाँकी सेटमा भने नेपालले उत्कृष्ट प्रर्दशन गरेको गर्‍यो । 

दोस्रो सेट २५-१६ ले सहजै जितेको नेपालले तेस्रो सेटमा भने निक्के मेहेनत गर्नुपर्‍यो । तेस्रो सेट ३०-२८ ले जित्यो । अन्तिम सेटमा २५-१९ को जित निकाल्दै नेपालले खेल आफ्ना पक्षमा पारेको थियो ।

अब नेपालले १३ औँ र १६ औँ स्थानको लागि सेमिफाइनलमा श्रीलंकासँग भिड्ने छ । एशियाली खेलकुदको इतिहासमा भलिबलमा नेपालले पहिलो पटक खेल जित्दै नयाँ रेकर्ड बनाएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?