सभामुख सापकोटासहितको टोली अजरबैजान प्रस्थान (तस्बिरसहित)

लोकपथ
49
Shares

काठमाडौं । अजरबैजानको संसदको आयोजनामा हुने ‘असंलग्न आन्दोलन संसदीय नेटवर्क’ (Non Aligned Movement Parliamentary Network) को सम्मेलनमा भाग लिन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासहितको टोली त्यसतर्फ प्रस्थान गरेका छन् ।

आगामी असार १६ देखि १८ गतेम्म बाकु, अजरबैजानमा उक्त सम्मेलन हुनेछ ।

मंगलबार बिहान ११ः१५ बजे सभामुख सापकोटा, प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभामा सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठकसहितकाे प्रतिनिधिमण्डलको टोली त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उक्त कार्यक्रममा सभामुख सापकाेटाले असंलग्न आन्दोलनको आवश्यकता एवं महत्व तथा यो अभियानका पक्ष राष्ट्रहरुका संसदहरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्दै सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा Statute on working modalities of the Non Aligned Movement Parliamentary Network अनुमोदन गर्ने तथा Baku Declaration जारी गर्ने कार्यक्रम रहेको छ । सम्मेलनका क्रममा सभामुखबाट विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलन तर्फ प्रस्थान गरेका प्रतिनिधि मण्डलका सहभागीलाई नेपाल सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी, संघीय संसदका महासचिव र प्रतिनिधि सभाका सचिव लगायतले बिदाई गरेका थिए ।

त्यसैगरी उक्त सम्मेलनमा भाग लिएर असार १९ गते बेलुका सभामुखसहितको टोली नेपाल फर्किने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?