स्वर्ण पदक विजेता रावललाई पालिकाले ५० हजार नगदसहित उच्च सम्मान गर्ने

लोकपथ
217
Shares

काठमाडौं । भारतको पश्चिम बङ्गालमा भएको दक्षिण एशियन फुलकन्ट्याक्ट कराते प्रतियोगितामा विजेता बझाङकी उषा रावललाई गाउँपालिकाले सम्मान गरेको छ ।

४५ केजि तौल समूह अन्तर्गत नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै बित्थडचिर गाउँपालिकाकी रावल पाकिस्तानी खेलाडीलाई नकआउट गर्दै स्वर्ण पदक जित्न सफल भएकी थिइन् ।

बित्थडचिर गाउँपालिकाले उनको उच्च सम्मान सहित पचास हजार नगद र पालिकाले सम्मान गर्ने निर्णय गरेको बित्थडचिर गाउँपालिकाका प्रवक्ता हरिश्चन्द जोशीले बताए । प्रवक्ता जोशीले खेलकुद क्षेत्र र खेलाडीलाई उच्च मनोबल बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।

‘हामीमा सानो राष्ट्रको । गरीब राष्ट्रको भन्ने मानसिकता छ । त्यो मानसिकता त्याग्नुपर्छ । त्यसैले हरेक क्षेत्रबाट उच्च मनोबल बनाउनुपर्छ ।’ उनले भने–‘खेलाडीको उच्च मनोबल नहुदाँसम्म खेलकुदको विकास सम्भव छैन् ।’ उनले भने ।

खेलकुद केवल मेडल प्राप्तको लागि मात्रै नभई पहिचानको लागि समेत खेलिने भन्दै प्रवक्ता जोशीले खेलकुदबाटै नेपाल र नेपालीको पहिचान हुने विश्वास व्यक्त गरे । ‘व्यवासायिक खेलाडी उत्पादनको लागि हामीले लगानी गर्न सकेका छैनौं ।’ उनले भने–‘राज्यले लगानी गर्न नसक्दा प्रतिस्पर्धामा खरो उत्रिन सकिएको छैन् ।’ प्रवक्ता जोशीले भने ।

त्यसैगरी खेलकुद स्वास्थ्य नागरिकको लागि भएको उल्लेख गर्दै खेल र खेलकुदको विकासमा सबैसँग सहकार्य गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?