एशिया कप छनोट: नेपाल र ओमनबीचको खेल जारी

काठमाडौं । मलेसियामा जारी एशिया कप छनोट खेलमा नेपालले चौँथो विकेट गुमाएको छ । 

क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले २३ ओभरको खेल सकिदा चौँथो विकेट गुमाएको हो ।

ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई ओमनका जतिन्दर सिंहले क्याच आउट गरे । ज्ञानेन्द्रले ६० बलमा ४० रन जोड्दै पभेलियनमा फर्किए । त्यस्तै, अर्को ओपनर ब्याट्सम्यान सुवास खकुरेल सुरज कुमारले रन आउट गरे । उनले मात्र ४ रन जोडेका थिए ।

यता कप्तान पारस खड्काले खासै उल्लेख्य प्रर्दशन भने गर्न सकेन् । उनी ८ रन जोड्दै पभेलियनमा फर्किए । उनी 'एलबिडब्लु'मा आउट भए । पाँचौ नम्बरमा मैदान प्रवेश गरेका दिपेश सिंह ऐरीले ९ रन मात्र बनाए ।

उनलाई नश्रिम खुशी क्याच आउट गरे । यो समाचार तयार पार्दासम्म नेपालले २६ दशमलब ३ ओभरमा ८९ रन बनाएको छ । 

एसिया कप छनोटमा नेपाल र ओमानसहित ६ राष्ट्रको सहभागिता छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?