काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को १६औँ मन्त्रीस्तरीय बैठक काठमाडाैंमा शुरू भएको छ ।
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सो बैठकको अध्यक्षता गर्दैछन् । यो बैठकले बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन, काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण गर्नेछ ।
मन्त्रीस्तरीय यो बैठकलार्इ बिम्सटेक सदस्यराष्ट्रका सबै परराष्ट्र/बाह्य/विदेश मन्त्रीरूले सम्बोधन गर्नेछन् । यो बैठकमा बङ्गलादेशका तर्फबाट विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतबाट बाह्य मामिला राज्यमन्त्री भि. के. सिंह, म्यान्माका तर्फबाट अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, भुटानबाट विदेश सचिव सोनाम छोङ्मे, श्रीलङ्काबाट विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुद विनयले अाफ्नो मुलुकबाट अाएका प्रतिनिधीमण्डलको नेतृत्व गर्दैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया