कर्णालीमा प्रदेश प्रहरी गठन गर्ने तयारी

काठमाडौं । कर्णाली प्रदेश सरकारले प्रदेशको शान्ति सुरक्षाका लागि प्रदेश प्रहरी गठन गर्ने तयारी गरेको छ । 

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीका अनुसार कर्णालीमा अमानवीय र विकराल समस्याको रुपमा रहँदै आएको छाउपडी, लागू औषध नियन्त्रण गर्न र जनताको सुरक्षा योजना कार्यान्वयन गर्न प्रदेश प्रहरी गठन गरेको बताए । 

प्रदेशको सबै सुरक्षाको जिम्मा प्रदेश सरकारले लिने गरी काम भइरहेको उनले बताए । प्रदेश प्रहरीका लागि भौतिक पूर्वाधार निर्माणको काम समेत सुरु गर्ने लागिएको भन्त्री भण्डारीले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?