बुद्धको देशमा तपाईंलाई स्वागत छ (फोटो फिचर)

काठमाडौं । बहुक्षेत्रीय आर्थिक प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालका खाडीका देशहरुको प्रयास बिम्सटेकको भदौ १४ र १५ गते हुने शिखर सम्मेलनको तयारी पूरा भएसँगै भीभीआईपीहरु काठमाडौं आउने क्रम जारी छ ।

पाहुनाको स्वागतका लागि काठमाडौंका सडक रंगीन बनाइएको छ भने सवारीमा पनि जोर र विजोर प्रणाली लागू गरिएको छ । साथै सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ ।

एअरपोर्ट लगायत काठमाडौंका विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेर विशिष्ठ अतिथिहरुको स्वागत गरिएको छ । भारतले गौतमबुद्धको देश भनेर बुद्धको प्रचार गरिरहेको सन्दर्भमा नेपालका स्वागतद्वारहरुमा भने ‘गौतमबुद्धको देशमा तपाईंलाई स्वागत छ’ लेखिएको छ ।

बिम्सटेकका क्रममा भारतका प्रधानमन्त्री मोदीसँगै अन्य देशका भीभीआईपीहरुको पनि उपस्थिति रहनेछ । हेरौँ, स्वागतद्वारमा कस्तो छ बिम्सटेकको तयारीः

तस्वीरः सरोज घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?