अभिभावकलाई ढाँटेर सिकेको खेलबाट राष्ट्रलाई पदक दिलाएँ : युकेश गुरुङ

काठमाडौं । युकेश गुरुङ, १६ वर्षेे युवा प्याराग्लाइडिङ पाइलट ।

स्थायी घर पोखरा भएका युकेशले जारी एशियाली खेलकुद ‘एशियाड’मा उच्च प्रर्दशन गरे । ‘एशियाड’मा सहभागी खेलाडी मध्ये सबैभन्दा कम उमेरका युकेश मात्र थिए । तर, उनको प्रर्दशन भने उच्च नै थियो । 

नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन उनले महत्वपूर्ण भुमिका निर्वाह गरे । गुरुङले यसै वर्ष मात्र एसईई पास गरेका हुन् । पोखरा नगरपालिकामा १८ का युकेशले नौ वषको उमेरदेखि नै प्याराग्लाइडिङ गर्दै आएको बताए ।

‘मैले प्याराग्लाइडिङ गर्न थालेको सात वर्ष नाघिसक्यो । ९ वर्षको उमेरमा प्याराग्लाइडिङ गर्न सिकेको हु । त्यसयता निरन्तर रुपमा प्याराग्लाइडिङमा सक्रिय छु ।’ 

उनले भनेका छन् ‘मैले प्याराग्लाइडिङ गर्न थालेको सात वर्ष नाघिसक्यो । ९ वर्षको उमेरमा प्याराग्लाइडिङ गर्न सिकेको हु । त्यसयता निरन्तर रुपमा प्याराग्लाइडिङमा सक्रिय छु ।’ 

साथै, पहिले पटक अभिभावकको अनुमती बिना म भागेर प्याराग्लाइडिङ गर्न गएको पनि उनले बताए । 

‘प्याराग्लाइडिङ साहसिक खेल हो । यो खेल खेल्न सजिलै परिवारले दिदैन, मैले पनि घरमा प्याराग्लाडिङ गर्न जान्छु भन्दा गाली खाएको थिए । त्यसमा पनि सानै उमेर, त्यसैले घरमा कसैलाई नभनि प्याराग्लाइडिङ गरे । त्यतिबेला देशको लागि पदक जित्न सक्छु भन्ने सोचेको समेत थिएन् । तर, आज नसोचको सफलता हात पार्दा म निक्कै खुशी छु ।’ उनले हर्सित मुद्रामा थपे । 

‘एशियाड’ इतिहासमा नेपालको सहभागिताले ६ दशक नाघिसकेको छ । तर, पदक २३ मात्रै थियो । तर, प्याराग्लाइडिङले दिलाएको पदकसँगै नेपालको पदक संख्या बढ्दै २४ पुगको छ । पदक संख्यामा  २२ कास्य र २ रजत छ ।

युकेशले प्याराग्लाइडिङले देशको पहिलो सहभागितामा नै पदक पाउँदा खुशीको बयान गर्नै नसक्ने समेत जानकारी दिए । उनले भनेका छन् ‘आज हाम्रो टिम निक्कै खुशी छौँ । हामीले प्राप्त गरेको यो सफलता सम्पूर्ण नेपालीहरु माझ बाड्न चाहन्छु ।’

‘मैले सन् २०१२ बाट मात्रै औपचारिक रुपमा प्याराग्लाइडिङको प्रशिक्षण लिन थालेको हु । मेरो प्याराग्लाइडिङ प्रतिको लगाव र मिहिनेतले आज यो सफलता प्राप्त गरेको छु ।’ उनले लोकपथलाई बताए ।

‘एशियाड’मा  पदक जितपछि सामूहिक तस्वीर खिच्दै नेपाली प्याराग्लाडिङ पुरुष टिमका साथ खेलकुद पदाधिकारी 

नेपालले २० वर्ष पछि पहिलो पटक ‘एशियाड’मा रजत पदक जितेको हो । ‘एशियाड’ इतिहासमा नेपालको सहभागिताले ६ दशक नाघिसकेको छ । तर, पदक २३ मात्रै थियो । तर, प्याराग्लाइडिङले दिलाएको पदकसँगै नेपालको पदक संख्या बढ्दै २४ पुगको छ । पदक संख्यामा  २२ कास्य र २ रजत छ । 

मार्सल आर्ट भित्रको तेक्वान्दो, कराँते र बक्सिङपछि प्याराग्लाइडिङले पदक जितेको हो । नेपाललाई पदक दिलाउने खेलमा प्याराग्लाइडिङ चौँथो खेल बनेको छ ।

थाइल्याण्डमा सम्पन्न १३ औँ ‘एशियाड’मा सबिता राजभण्डारीले पहिलो रजत पदक जितेको थियो । सो रेकर्ड २० वर्ष पछि प्याराग्लाइडिङले तोडेको छ । नेपाल जापानभन्दा मात्र २७ अंकले पछि पर्दै स्वर्ण पदक जित्नबाट चुकेको थियो ।  

‘एशियाड’मा  पदक जितेपछि हर्षित मुद्रामा प्याराग्लाडिङ पुरुष टिम 

अभिभावकलाई ढाँट्दै शुरु गरेको प्याराग्लाइडिङले गुरुङलाई एक कुशल प्याराग्लाइडर पनि बनाए । उनले कलिलै उमेरमा एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाउन समेत महत्वपूर्ण योगदान दिए । 

प्याराग्लाइडिङको क्रस कन्ट्री विधामा युकेशसँगै कप्तान विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र विशाल थापा सहभागी थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?