बाजेको सेकुवा खोल्न सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । ३३ किलो सुनकाण्डका कारण बाजेको सेकुवाका सबै शाखाहरु खोल्न सर्वोच्चले आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्लको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न आदेश दिएको हो ।

३३ किलो सुनकाण्डमा उक्त रेस्टुरेन्टका सञ्चालक चेतन भण्डारी पनि मुछिएको भन्दै रेस्टुरेन्टका सबै शाखामा सिलबन्दी गरिएको थियो । चेतन भण्डारीले सरकारले आफ्नो पेशा व्यवसाय गरेर सम्पत्ति जोड्न समेत नदिएको भन्दै सर्वोच्चमा रिट दिएकी थिइन् ।

सुन तस्करी गरेर पैसा कमाएको भन्दै काठमाडौंका ६ स्थानमा बाजेको सेकुवा चलाउँदै आएका भण्डारीका सबै रेस्टुरेन्ट थप अनुसन्धानका लागि भन्दै छानविन समितिले ताला लगाएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?