काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई जनरल इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र काठमाडौँ प्याथ ल्याबकाप्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात आइएमई जनरलका कर्मचारी, सेयरधनी तथा ग्राहकहरुलाई काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर महाराजगंज, काठमाडौंमा प्राप्त हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने हुनाले आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकता अनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।
साथै सोही अवसरमा आइएमई जनरलका नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया