अाजदेखि काठमाडाैंमा चाैथो ‘बिम्सटेक’ शिखर सम्मेलन

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन अाज दिउँसो ३:४५ देखि काठमाडाैंको सोल्टी होटलमा शुरू हुँदैछ ।

शुक्रबारसम्म बस्ने बिम्सटेक शिखर सम्मेलनमा बंगाल खाडीको प्रभाव क्षेत्रभित्र रहेका नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थार्इल्याण्डबीच बिजुलीको साझा प्रसारणलार्इन (बिम्सटेक ग्रीड) देखि पानीजहाज र साझा र्इन्टरनेटका लागि फार्इबर बिस्तारसम्मका एजेन्डामा छलफल हुनेछ । 

सम्मेलनमा सहभागी हुनका लागि बिम्सटेक सदस्य मुलुकका राष्ट्रप्रमुख, परराष्ट्र/बाह्य/विदेश मन्त्री र सचिवहरू काठमाडाैं अाउने क्रम जारी रहनेछ । यसअघि नै शिखर सम्मेलन तयारीका लागि बिम्सटेक सचिवस्तरीय तथा मन्त्रीस्तरीय बैठक काठमाडाैंमा बसिसकेको छ । 

को-को अाए ? 

म्यानमारका राष्ट्रपति विन मिन्ट बिम्सटेक सम्मेलनमा सहभागी हुन मंगलबार नै नेपाल अार्इसकेका छन् । बुधबार मिन्टले लुम्बिनी भ्रमण गरिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा अोली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । 

यस्तै, भुटानका तर्फबाट अन्तरिम सरकारका मुख्य सल्लाहकार एवं प्रधानन्यायाधीश दाशो छिरिङ वाङचुक पनि बुधबारै नेपाल अार्इसकेका छन् । वाङचुक र नेपालका प्रधानमन्त्री अोलीबीच बुधबार नै भेटघाट भर्इसकेको छ । 

बिमस्टेकमा भाग लिन श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला श्रीसेना पनि बुधबार नै नेपाल आइसकेका छन् ।

अाज बिहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत–चान–ओच नेपाल अाउँदैछन् । उनीहरू सम्मेलन शुरू हुनअगावै नेपालको राजधानी काठमाडाैंस्थित अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ ।

बिम्सटेक राष्ट्रप्रमुखको अावागमनलार्इ सहज बनाउन भन्दै नेपाल सरकारले झण्डै ३ घण्टासम्म मुलुकको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको उडान-अवतरण ठप्प पारेको छ ।

सम्मेलनमा के हुन्छ ?  

बिम्सटेक संगठनलार्इ दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) जस्तै निष्क्रिय संस्थाका रूपमा विश्लेषण गर्न थालिएका बेला नेपालमा शिखर सम्मेलन हुँदैछ । यो सम्मेलनमार्फत बिमस्टेकलार्इ सक्रिय बनाउने सदस्य राष्ट्रका अधिकारीहरूले दाबी गरेका छन् ।

बिम्सटेक बंगाल खाडीको प्रभाव क्षेत्रमा रहेका ७ वटा मुलुकहरूको उपक्षेत्रीय संगठन हो । काठमाडाैं शिखर सम्मेलनमार्फत यो उपक्षेत्रीय संगठनलार्इ प्रभावकारी, परिणाममुखी र सम्बन्धित सदस्य मुलुकका नागरिकलार्इ लाभ पुग्नेगरि निर्णय गर्न यसअघि बसेको मन्त्री र सचिवस्तरीय बैठकले निर्णय गरिसकेको छ ।
 

शुक्रबारसम्म बस्ने शिखर सम्मेलनमा बिम्सटेक मुलुकबीच रेलसञ्जाल विस्तार, सडक पहुँच विकास, हवार्इमार्ग विस्तार र र्इन्टरनेट सेवाका लागि अप्टिकल फार्इबर अोछ्याउनेसम्मका लक्ष्यमाथी छलफल हुँदैछ । साथै, यी मुलुकबीच व्यापार विस्तार, पर्यटन, कृषि र उर्जा विकासमा साझेदारी गर्नेगरि छलफल हुने अधिकारीहरूले जानकारी दिएका छन् । यी विषयमाथि छलफल गरि सहमतिपत्रमा हस्ताक्षर गर्ने सम्मेलनको उद्देश्य रहेको छ । 

'अोलीको पानीजहाज'माथि पनि छलफल

बुधबार बसेको बिम्सटेकको मन्त्रीस्तरीय बैठकमा बिम्स्टेक तटीय क्षेत्रमा पानीजहाज सञ्चालनसम्बन्धी सम्झौता तथा व्यापार सहजीकरणसम्बन्धी सम्झौता मस्यौदाको विषयवस्तुमा पनि छलफल भएको छ। 

बैठकमा महासचिव शाहिदुल इस्लामले बिम्स्टेक यातायात सम्पर्कसम्बन्धी गुरुयोजना आगामी सेप्टेम्बरको अन्त्यसम्ममा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी सो बैठकमा गरार्इसकेका छन् । सम्मेलनमा यो बिषयबारे थप छलफल हुनेछ । 

नेपालको राजधानी काठमाडाैंदेखि थार्इल्याण्डसम्म सडक यातायात सञ्चालन गर्नेगरि यसअघि भएको बिम्सटेक मोटर भेहिकल एग्रिमेन्टबारे पनि यो सम्मेलनमा सदस्यराष्ट्रबीच कुराकानी हुँदैछ ।

स्वतन्त्र व्यापारका लागि भन्दै बिम्सटेक मुलुकबीच सन् २००४ मै एक सम्झाैतापत्रमा हस्ताक्षर भर्इसकेको छ । तर यसको कार्यान्वयनमा यो उपक्षेत्रले जटिलता भोगिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?