मुद्रा बजारमा डलरको तुलनामा भारु सर्वाधिक कमजोर

एजेन्सी  :अमेरिकी डलरको तुलनामा निरन्तर कमजोर हुँदै आएको भारु अहिलेसम्मको सबैभन्दा कमजोर हुन पुगेको छ ।

बिहीबार मुद्रा बजार खुल्दा यसको मूल्य १ अमेरिकी डलरको तुलनामा ७०.६३ भारु थियो । तर यो केही बेरमै ७०.८२मा पुग्यो ।

यो अहिलेसम्मकै सर्वाधिक कमजोर अवस्था हो ।

आयातकर्ताहरूले बैंकबाट अमेरिकी डलर झिक्न थालेपछि भारुको यो अवस्था हुन पुगको हो ।

यसअघि  सोमबार भारु त्यतिबेलाको सबैभन्दा कमजोर अवस्थामा पुगेर १ अमेरिकी डलर बराबर ७०.१६ भारु भएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?