काठमाडौं : एसिया कप छनोटअन्तगर्त भर्इरहेको खेलमा युएर्इले नेपाललार्इ २५५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिलो र्इनिङमा ब्याटिङ गरेको युएर्इले निर्धारित ५० अोभरको खेलमा ९ विकेट गुमाउँदै २५४ जोड्यो ।
युएर्इका लागि चिराग शुरीले ९१ बलमा सर्वाधिक ६५ रन जोडे । उनलार्इ ३७.४ अोभरमा दिपेन्द्रसिंह एेरीले पेभेलियन फर्कार्इदिए ।
नेपालकाा लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिएका छन् । यस्तै, बसन्त रेग्मीले २ र सोमपाल कामीले २ विकेट लिए ।
१२ औं ओभरसम्म निकै आक्रामक ब्याटिङ गरिरहेको युएर्इलार्इ नेपालका बलरद्वय बसन्त रेग्मी र सन्दीप लामिछानेले स्तब्ध बनार्इदिएका थिए।
नेपाली बलरसामु क्रिजमा टिकेर आक्रामक ब्याटिङ गरिरहेका रोहन मुस्ताफा १३.१ ओभरमा आउट भए । उनलार्इ सन्दीप लामिछानेले पारस खड्काको क्याचमा पेभेलियन फर्काएका हुन् ।
यस्तै, बसन्त रेग्मीले अस्फाक अहमदलार्इ १२.१ ओभरमा लेग विफोर विकेट (एलबीडब्ल्यु) धरापमा फसार्इदिए । अहमदले ४१ बलमा ४५ रन जोडिसकेका थिए ।
दोस्रो र्इनिङमा ब्याटिङ गर्ने नेपालले अाक्रमक पारी खेल्नुपर्ने देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया